आठबिसकोटमा बस दुर्घटना, ९ जना यात्रु घाइते

काठमाडौं । रुकुम पश्चिम जिल्लामा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

शनिबार प्रदेश ३–००५ ख ९९६६ नम्बरको बस आठबिसकोट नगरपालिका वडा नं. ११ रिठा भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट रुकुम पश्चिमको राडीतर्फ जाँदै गरेको बस दिउँसो करिब पौने २ बजेतिर दुर्घटना हुँदा बस चालकसहित ९ जना घाइते भएका हुन् ।

घाइते भएकाहरूमा बस चालक धादिङका ३१ वर्षीय खड्कबहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय भीमबहादुर भुलन, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका ९ का ३१ वर्षीय प्रकाश गौतम, वडा नम्बर ११ का १७ वर्षीय गणेश रसाइली र दोलखाको भिमेश्वर नगरपालिका ७ बस्ने २६ वर्षीय प्रकाश मगराठी छन् ।

अन्य घाइतेहरूमा जाजरकोटको नलगाड नगरपालिका ८ की ४५ वर्षीया भिमकुमारी चदारा, उनका १० वर्षीय छोरा मानबहादुर चदारा, जाजरकोट नलगाड नगरपालिका १२ का २५ वर्षीया सङ कुमारी विक र मोरङका २८ वर्षीय आका काफ्ले छन् ।

बस भेरी कोरिडोरबाट करिब ५० मिटर तल खसेको छ । घाइतेहरूलाई उपचारका लागि नगर अस्पताल आठबिसकोट पठाइएको छ । घायतेहरू सबै बोल्न सक्ने अवस्थामा रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा प्रहरी निरीक्षक गणेश खनाल नेतृत्वमा ११ जनाको टोली उद्धारमा खटिएको थियो । दुर्घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटर पश्चिमतर्फ पर्दछ ।

Published : Saturday, 2024 November 16, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया