जन्म गाउँ रुवा खेला आइपुगे कांग्रेस सभापति देउवा, पिपल चौतारामा भेटघाट
रुवा खोला । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा आफ्नो जन्म गाउँ रुवा खोला पुगेका छन् ।
सभापति देउवा शुक्रबार रुवा खोला पुगेका हुन् । देउवाको सचिवालयले केही तस्बिरहरू सार्वजनिक गरेको छ ।
सभापति देउता मन्दिर छेउमा रहेको पिपल चौतारीमा बसेका छन् । कूल देवताको पूजाका सिलसिलामा सभापति देउवा जन्म गाउँ आइपुगेका हुन् ।
सभापति देउवाको जन्म गाउँ रुवा खोला डडेलधुराको साबिकको असिग्राम गाविस–५ मा पर्छ । जुन अहिले गन्यापधुरा गाउँपालिकामा पर्दछ ।
सभापति देउवाले गृहजिल्ला डडेल्धुरामा एकसाता बिताउनेछन् । कूल देवताको पूजाका लागि परराष्ट्रमन्त्री समेत रहेकी सभापति देउवाकी पत्नी डा.आरजु राणा देउवा पनि शुक्रबार डडेल्धुरा आइपुगेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया