तपाईहरू सबैले भोट दिए चुनाव लड्छु : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले गठबन्धन पूरै कार्यकालसम्म रहने बताएका छन् ।

शुक्रबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले वर्तमान गठबन्धनको उद्देश्य संविधान संशोधन स्थायित्व र सुशासन कायम गर्ने उद्देश्यले बनेकोले सरकार र गठबन्धन पूरै कार्यकालसम्म रहने बताए । उनले गठबन्धनभित्र केही समस्या रहेपनि आपसी समझदारी गर्दै पूरै कार्यकालसम्म चल्ने बताएका छन् ।

संविधान संशोधन गर्न आवश्यक दुईतिहाई आवश्यक पर्ने भएकोले अन्य दलहरूसँग पनि परामर्श र सहमति गर्दै अगाडि बढने सभापति देउवाले बताएका छन् ।

पुइलेकमा विमानस्थल, परिगाउँमा नेपाल–भारत जोडने पुल, डडेल्धुरामा मेडिकल कलेज कहिले बन्छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा सभापति देउवाले एयरपोर्ट बनाउन डिटेल सर्भे गराउने र त्यसको लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।

परशुराममा नेपाल–भारत जोडने मोटरेवल मोटरेवल पुल बनाउन भारत तयार रहेकोले सो प्रक्रिया अगाडि बढ्ने उनले बताए । सभापति देउवाले डडेल्धुरामा मेडिकल कलेज बनाउने प्रक्रिया अगाडि बढिसकेकोले प्रक्रियागत रूपले अगाडि बढने बताएका छन् ।

सभापति देउवाले ८४ मा हुने निर्वाचन पनि लड्ने बताएका छन् । आगामी २०८४ मा चुनाव लड्नुहुन्छ कि लड्नुहुन्न भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा उनले भने, ‘तपाईहरू सबैले भोट दिए चुनाव लड्छु ।

Published : Friday, 2024 November 15, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया