मलेसिया, दोहा, बेलायत र माल्दिभ्सबाट १५ नेपालीहरू निष्कासन

काठमाडौं । वैदेशिक रोजगारमा गएका १५ जना नेपालीहरूलाई मलेसिया, बेलायत, दोहा र माल्दिभ्सको अध्यागमनले निष्कासन गरेको छ ।

मलेसियाले डीपोर्ट गरेका नेपालीहरू बिहीबार काठमाडौं आइपुगेका छन् । मलेसियाको अध्यागमन कानून उल्लंघन गरेको भन्दै १२ नेपालीलाई डीपोर्ट गरेको बुझिएको छ ।

मलेसियाले निष्कासन गरेका नेपालीहरूमा विजयसिंह गंगी, बुद्धिलाल मुसहर, प्रवासकुमार विश्वास, अनिल लोद, श्यामकुमार लिम्बु, ईश्वरकुमार राई रहेका छन् ।

राजन दास, तुलाराम ओली, रामकुमार सदा, जितेन्द्र ठाकुर, रामसेवक मण्डल र विवेक यादव पनि डीपोर्ट भएका छन् ।

माल्दिभ्स, बेलायत र कतारले पनि एक–एक जना नेपालीलाई निष्कासन गरेका छन् । माल्दिभ्स पुगेका दिल्पाकुमारी सार्की, दोहा पुगेका गुडु शेख र बेलायत पुगेका सागर गुरुङलाई निष्कासन गरेको बुझिएको छ ।

Published : Friday, 2024 November 15, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया