हेटौँडामा चोरीको सुन खरिद गर्ने सुन व्यापारीसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको सुनका गरगहना सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।
कात्तिक ७ गते हेटौँडा उपमहानगरपालिका वडा नं. ८ कमाने बस्ने वर्ष ४२ को सन्तोष अधिकारीको घरबाट सुनका गरगहना, नगद तथा मोबाईल समेत चोरी भएको घटनामा संलग्न व्यक्तिको खोजतलासको गर्ने क्रममा दुईजनालाई पक्राउ गरिएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
हेटौँडा– १५ घर भई वडा नं. ४ भैरवरोडस्थितमा कोठा भाडा लिई बस्ने वर्ष २४ को मनोज पुलामी मगरलाई पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
मनोजलाई फेला पारी चोरी भएको घटना सम्बन्धमा सोधपुछ गर्दा चोरीका गरगहना नगद र मोबाईलमध्ये केहि सुनका गरगहना हेटौँडा– ७ नागस्वतीस्थित शिवशक्ति सुनचाँदी पसलका संचालक वर्ष २५ को धिरज विश्वकर्मालाई पनि पक्राउ गरिएको एसपी खड्काले बताए ।
चोरी भएका सुनका गरगहना मनोजले धिरजलाई बिक्री गरेको अनुसनधानबाट खुलेको छ । सुनका गरगहनासहितका सामान चोरी गर्ने मनोज र खरिद गर्ने धिरतलाई कात्तिक २९ गते पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौँडामा पेश गरिएको छ । अदालतबाट उनीहरूविरुद्ध ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया