कांग्रेसले काेशी र गण्डकीका स्थानीय तहकाे उप-चुनावका लागि दियाे टिकट

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनका लागि कोशी र गण्डकी प्रदेशमा उम्मेदवारहरूलाई सर्वसम्मत चयन गरेको छ ।

२०८१ मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारहरू पार्टीको सम्बन्धित तहबाट सर्वसम्मत चयन गरिएको शुक्रबार कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले कोशी प्रदेशमा भीमकुमार लक्सम्वा (ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद : वडाध्यक्ष), रामगोपाल वली (झापा, कन्काई नगरपालिका वडा नं. ६, पद : वडाध्यक्ष), वलराम सरदार (मोरङ, ग्रामथान गाउँपालिका, पद : अध्यक्ष)को सर्वसम्मत टिकट दिएको विज्ञप्तिमा उल्लेख छ ।

नगेन्द्र लिम्वू (तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद : वडा अध्यक्ष), तेतर साह (सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद ः वडाध्यक्ष), टेकराज भट्टराई (ओखलढुङ्गा, जिल्ला समन्वय समिति, पद : प्रमुख), घनश्याम दाहाल (ओखलढुङ्गा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद : वडाध्यक्ष)को टिकट दिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले सञ्जीव काफ्ले (उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद : वडाध्यक्ष), नवराज बस्नेत (उदयपुर, बेलका नगरपालिका, वडा ९, पद : वडाध्यक्ष)को टिकट प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशमा कांग्रेसले भाईकाजी आले (गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद : वडाध्यक्ष)मा टिकट दिइएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘आदरणीय मतदाताहरूले आफ्नो अमूल्य मत दिई पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन नेपाली कांग्रेस हार्दिक आव्हान गर्दछ ।’

‘पार्टीका साथीहरूलाई एकतावद्ध भूमिकाका साथ निर्वाचनको मैदानमा सामेल हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालय हार्दिक अनुरोध गर्दछ’, कांग्रेसले अपील गरेको छ ।

Published : Friday, 2024 November 15, 5:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया