रामपुरमा सेफ्टी ट्याङ्कीमाथि रामु काफ्लेको शव फेला

रामपुर । पाल्पा जिल्लामा ४५ वर्षीय रामु काफ्ले मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पाले जारी गरेको विज्ञप्तिअनुसार रामपुर नगरपालिका–५, भम्बकका काफ्लेको शव भेटिएको छ ।

काफ्ले आफ्नै घर नजिकै रहेको गोबर ग्यास सेफ्टिक ट्यांकीमाथि अचेत अवस्थामा फेला परेका थिए ।

उद्धारपछि उपचारका लागि रामपुर अस्पताल पठाए पनि चिकित्सिकले उनलाई मृत घोषणा गरेका हुन् ।

शव अस्पतालमा रहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Published : Friday, 2024 November 15, 10:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया