प्रधानमन्त्री ओलीको चीन भ्रमणको गृहकार्यमा परराष्ट्रमन्त्री डा.राणा, बेइजिङ जाने तयारी

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारीमा जुटेकी छिन् ।
डा.राणा मंसिर १३ गते चीन प्रस्थान गर्ने तयारी भइरहेको बुझिएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी स्वरुप मन्त्री डा.राणा चार दिन अगाडि नै बेइजिङ जाने तयारी छ ।
परराष्ट्रमन्त्री डा.राणाले मंसिरको १४, १५ र १६ गते बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीलगायत उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता गर्नेछिन् ।
परराष्ट्रमन्त्री डा.राणा चिनियाँ समकक्षी वाङ यीको औपचारिक निमन्त्रणामा बेइजिङ जान लागेकी हुन् । नेपालका लागि चिनियाँ राजदूत चेन सङले चिनियाँ विदेशमन्त्री वाङका तर्फबाट पठाइएको निमन्त्रणा–पत्र सोमबार परराष्ट्रमन्त्री डा.राणालाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेट गरेर हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्री ओली मंसिर १७ मंसिर गते पाँचदिने औपचारिक भ्रमणका क्रममा चीन जान लागेका छन् । परराष्ट्रमन्त्री डा.राणा प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्किने कार्यक्रम छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया