सुर्खेतमा फाेर्स गाडी दुर्घटना, चार यात्रुकाे मृत्यु

वीरेन्द्रनगर । सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटनामा परेकाे छ ।
शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रूपेश खड्काले बताए । दुर्घटनामा चारजनाकाे मृत्युु भएको एसपी खड्काले बताए ।
दुर्घटनालगत्तै घटनास्थल पुगेका खड्कासहितको टोलीले उद्दार गरेर उपचारका लागि पठाइसकिएको उनले बताए । केहीको अवस्था गम्भीर केहीको सामान्य रहेको छ । दुर्घटनामा २५ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।
घाइते २५ जनाको उद्धार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्सबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । २९ जना सवार गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया