उपनिर्वाचनका लागि कांग्रेसले सिंह र भण्डारीलाई दियो टिकट

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवारको टिकट ईन्द्रा चन्द सिंहलाई दिने निर्णय गरेको छ ।
कांग्रेस कर्णाली प्रदेश समितिको बिहीबारको बैठकले सिंहलाई उपप्रमुख उम्मेदवार बनाउने निर्णय गरेको छ । जिल्ला कार्यसमितिले सिंहको नाम मात्रै सिफारिस गरेर प्रदेशमा पठाएको थियो ।
प्रदेश संसदीय समितिले उपप्रमुख उम्मेदवार सिंहलाई बनाउने निर्णय गरेको प्रवक्ता दमन शाहीले बताएका छन् ।
उपप्रमुख पदको उम्मेदवारलाई दिइने टिकटमा भने सभापति शेरबहादुर देउवाको हस्ताक्षर हुनेछ । नलगाडका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गतेको भूकम्पमा परेर मृत्यु भएको थियो ।
सरिता कांग्रेसबाटै उम्मेदवार भएर उपप्रमुख विजयी भएकी थिइन् । उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएकी सिंह यसअघिकी उपप्रमुख सरिताकी भाइकी श्रीमती हुन् ।
यता, मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंगो लगाएको छ ।
जिल्ला संसदीय समितिको बिहीबारको बैठकले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अध्यक्षका लागि १५ जना आकांक्षी थिए ।
भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदको उम्मेदवार बनाइएको कांग्रेस दैलेख सभापति मणिराम रेग्मीले बताएका छन् ।
२०७९ माघ २७ गते महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमण गुरूङको निधन भएको थियो । उनी कांग्रेसबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएका थिए ।
कर्णाली प्रदेशमा तीन वटा पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा उपप्रमुख र पाँच वटा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।
जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
दैलेखको दुल्लु नगरपाकिला–१३, कालीकोटको तिलागुफा नगरपालिका–५, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया