मोरङ प्रहरीद्वारा विशाल र विमलको घरमा छापा

विराटनगर । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मोरङबाट २० जनालाई पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका–६ भट्टिमोड बस्ने विशाल देवान राईको घरमा प्रहरीले छापामारे १२ जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा बिराटनगर महानगरपालिका–२ बस्ने ३६ वर्षीय विमल मण्डल समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूलाई ५४ हजार ७ सय १० रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको जनाएको छ ।
यसैगरी कटहरी गाउँपालिका–२ स्थित प्रभुकुमार साहको घरमा पनि प्रहरीले छापामारेको छ ।
जुवातास खेलिरहेको अवस्थामा कटहरी गाउँपालिका–२ बस्ने ३२ वर्षीय सरोज ठाकुरसमेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ।
प्रहरीले उनीहरूको साथबाट १ लाख १९ हजार ५ सय नेपाली रूपियाँ, ४ हजार ६ सय भारतीय रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया