कांग्रेसद्वारा ग्रामथान गाउँपालिकाको अध्यक्षमा सरदारलाई टिकट
विराटनगर । नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको नेपाली कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
टिकटको टुंगो लगाउन कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति बनाइएको थियो । उम्मेदवार बन्न १३ जना आकांक्षी थिए ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचिन भएका थिए । असार ३ गते गच्छदारको निधन भएको थियो ।
Published : Thursday, 2024 November 7, 6:46 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया