रास्वपाले संघर्ष समितिका अध्यक्षको चरित्र हत्या गरेपछि विरोध

काठमाडौं । सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठको चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार समितिले विज्ञप्ति जारी गरेर रास्वपाले अध्यक्ष श्रेष्ठको चरित्र हत्या र मानवअधिकार हनन् गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूकै पार्टीको नाम भएका आधिकारिक फेसबुक पेज, समूह र त्यही पार्टीसँग आबद्ध भएर आफ्नो पहिचान बनाउनु भएका व्यक्तिहरूको सामाजिक सञ्जाल फेसबुक पेजबाट गलत र झुटा कुराहरुको सम्प्रेषण भएको छ ।’

संघर्ष समितिका अध्यक्ष श्रेष्ठविरुद्ध रास्वपाका सिंगो पार्टी र साइबर सेना लागेको विज्ञप्तिमा उल्लेख छ ।

सहकारीको रकम ठगको अभियोगमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउन रास्वपाका नेता कार्यकर्ता सडकमा छन् । उनीहरूले सडकमा अराजक रुपमा प्रदर्शन गर्दै आएका छन् ।

Published : Thursday, 2024 November 7, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया