देउखुरीमा राप्ती नदीको बीचमा १६ वर्षीया बिद्यावतीको शव फेला
मसुरिया । दाङको देउखुरीमा राप्ती नदीमा बगेर बेपत्ता भएकी १६ वर्षीया बिद्यावती यादबको शव भेटिएको छ ।
बुधबार साँझ सवा ६ बजेतिर राजपुर गाउँपालिका वडा नं. ३ कालीपुरुवास्थित राप्ती नदीमा रामकुमार यादबकी छोरी बिद्यावतीलाई नदीले बगाएको प्रहरीले जनाएको छ ।
लमही नगरपालिका वडा नं. ८ दुईघरवाबाट भैँसी चराई घरतर्फ फर्किदै गर्दा राप्ती नदीमा भैँसी तार्ने क्रममा बिद्यावती यादब बगेर बेपत्ता भएकी थिइन् ।
बिद्यावती बगेको खबर पाउनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा बिहीबार बिहान साढे ८ बजे लमही नगरपालिका वडा नं. ८ धनपुरुवास्थित राप्ती नदीको बीच भागमा घोप्टो अवस्थामा शव फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।
Published : Thursday, 2024 November 7, 10:25 am
फेसबुकबाट तपाईको प्रतिक्रिया