कांग्रेस-एमालेले दिए परराष्ट्रमन्त्री डा.राणालाई प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी संयोजन गर्ने जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) दुई दलीय संयन्त्रको कार्यदलले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको संयोजनको जिम्मेवारी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई दिइएको जनाएको छ ।

चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने प्रधानमन्त्री ओलीको चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा.राणाले गर्ने निर्णय भएको कांग्रेसद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने कांग्रेसले जनाएको छ ।

Published : Wednesday, 2024 November 6, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया