तस्कर चिनियाँ नागरिकहरू विमानस्थलबाट पक्राउ, ५ किलोभन्दा धेरै सुन बरामद

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सोमबार साँझ एयर अरेबियाको उडान नम्बर जि ९५३० मा सारजाहबा काठमाडौं आएका चिनियाँ नागरिक सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पीकरमा करीब ५ किलो ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेहरूमा झियानझोङ र म्यानमारका साट नेइङ टुन र एइ एनगोन फू रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन् ।

पक्राउ परेका चिनियाँ नागरिकहरूलाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

Published : Wednesday, 2024 November 6, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया