प्रधानमन्त्री ओली अस्वस्थ्य, भेटघाटका कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई ज्वरो आएपछि नियमित भेटघाटका कार्यक्रम स्थगित गरेका छन् ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार ओलीलाई सामान्य ज्वरो आएको छ । स्वास्थ्यमा समस्या भएपछि मंगलबारदेखि अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रमहरू स्थगित भएका छन् ।
प्रधानमन्त्री ओली बालुवाटारस्थित निवासमा चिकित्सिकहरूको सल्लाहमा औषधि सेवनसहित आराम गरेका छन् ।
‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन’, निजी सचिवालयले भनेको छ ।
Published : Tuesday, 2024 November 5, 6:46 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया