काण्डै काण्डका नाइके लामिछानेको तिहार हिरासतभित्र, उन्मुक्ति पाउने सम्भावना न्यून

काठमाडौं । सहकारीको रकम ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको तिहार बिथोलिएको छ ।

बोलेर चौथो ठूलो राजनीतिक दल बनाएर लाभ लिएका लामिछानेले यो अवस्था आउँछ भन्ने विचार गरेका थिएनन् होला । लामिछानेलाई चिन्नेहरूले यो अवस्था आउँछ भन्ने पूर्वामानुमान गरेका थिए । तर, लामिछाने स्वयंले यो अवस्था आउँछ भनेर एकरति पनि सोँचेका थिएनन् ।

टेलिभिजन प्रस्तोता रहेका बेला लामिछानेबाट धेरै मानिसहरू पीडित बनेका थिए । लामिछानेले धेरैलाई तनाब दिएका थिए । अहिले लामिछानेले त्यसको फल पाएको भनेर पीडितहरूले टिप्पणी गरिरहेका छन् ।

लामिछाने गृहमन्त्री बनेका बेला आफूविरुद्धका प्रमाण नष्ट गर्न सक्रिय भएर लागेका रहेछन् भन्ने कुरा अहिले आएर सहकारीपीडितहरूले बुझेका छन् । हरेक ठाउँमा कीर्ते गरेर लामिछाने यो अवस्थासम्म आइपुगेका रहेछन् ।

दोहोरो नागरिकता र राहदानी काण्ड, शालिकराम पुडासैनीको आत्महत्या प्रकरण, सहकारी ठगी काण्ड लगायतका काण्डै काण्डमा परेर लामिछाने बदनाम भएका छन् । लामिछानेले तत्काल उन्मुक्ति पाउने सम्भावना कम छ ।

सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउन राष्ट्रिय झण्डाको दुरुपयोग गरेर रास्वपाका नेता, कार्यकर्ताले सडक आन्दोलन गरेका छन् । ठगलाई बचाउन उनीहरूले गरेका अराजक हर्कतको धेरैले विरोध गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । रुपन्देहीपछि चितवन, पर्सा, काठमाडौंमा पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी हुने सम्भावना छ ।

Published : Friday, 2024 November 1, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया