डडेल्धुरा र मोरङमा प्रहरी छापा, दीपक देउवाको घरबाट चार लाख बरामद

काठमाडौं । तिहारको बेला विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बिराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई ६० हजार रूपियाँ र २ बुकसहित पक्राउ गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

उता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गोयलखेत बस्ने ३२ वर्षीय दीपक देउवाको घरमा प्रहरीले छापामारेको छ ।

जुवातास खेलिरहेको अवस्थामा दीपक देउवासमेत २८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई ४ लाख ४१ हजार ८ सय ६९ रूपियाँ र १६ बुक ताससहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2024 November 1, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया