कान्छी पत्नीसँग मिलेर राकेशद्वारा जेठीको हत्या

काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीले लक्ष्मनिया देवीको हत्या अभियोगमा २२ वर्षीय राकेश नायक र उनकी श्रीमती २५ वर्षीया रिनादेवी महरालाई पक्राउ गरेको छ ।
बिहीबार जारी विज्ञप्तिअनुसार प्रहरीले राकेश र रिनालाई कात्तिक १४ गते पक्राउ गरेको जनाएको छ । हत्या भएकी लक्ष्मिनिया राकेशकी जेठी पत्नी हुन् ।
पिपरा गाउँपालिका वडा नं. ७ दनौलीमा अशोक ठाकुरको आँपको बगैचामा कात्तिक १२ गते अनुहारको भाग जलेको अवस्थामा महिलाको शव भेटिएको थियो । प्रहरीको अनुसन्धानका क्रमममा लक्ष्मिनियाको हत्या उनका श्रीमान् राकेश र सौता रिना मिलेर गरेको खुलेका थियो । हत्या पछि राकेश र रिना नेपाल–भारत सिमानाको आसपासमा लुकेर हिँडेका थिए ।
राकेशविरुद्ध लक्ष्मिनियाले प्रहरीमा बहुविवाहमा जोहेरी दिन्छु भनेर धम्की दिएपछि विवाद भएको थियो । कात्तिक ११ गते राति एउटै कोठामा राकेश र रिना तथा हत्या भएकी लक्ष्मिनियाबीच झगडा भएको थियो ।
कात्तिक ११ गते लक्ष्मिनियालाई राकेश र रिनाले मृतक लक्ष्मिनियाको झोलामा रहेको सल निकालेर घाँटी थिचेर हत्या गरेको विज्ञप्तिमा उल्लेख छ ।
लक्ष्मिनियाँले भारत र भैरहवा लगायतका स्थानमा पुगेर ज्याला मजदुरी गरेर जीवन गुजारा गर्दै आएकी थिइन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया