गृहमन्त्री लेखकद्वारा नेपाल -तिब्बत काेरला नाकाकाे उद्घाटन, चीनसँगको व्यापार बढ्ने
जोमसोम । गृहमन्त्री रमेश लेखकले मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालयको उद्घाटन गरेका छन् ।
बुधबार लेखकले उद्घाटन गरेसँगै कोरोला नाका औपचारिकरुपमा सञ्चालनमा आएकने छ । नाका लोमन्थाङ गाउँपालिका-१ नेचुङमा पर्ने नाकामा रहेको नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद योगेश गौचन थकालीले बताए ।
मुस्ताङको चीनको स्वसासित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अर्न्तरार्ष्ट्रिय सीमा जोडिएको छ । त्यहीबीचको २४ नम्बर सीमा स्तम्भ रहेको फराकिलो पठार हो, नेचुङ–लेक्जे कोरोला नाका । कोरोला नाकादेखि २० किमिभित्र तिब्बतको ढोङ्वासेन हुँदै सिगात्सेबाट आएको चाईना नेसनल हाईवे २१९ सँग जोडिएको छ । चिनियाँ अध्यागमन कार्यालयको आमने–सामने निर्मित प्रि-फ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना भएको छ ।
सीमापार चीनले भने सूचानाप्रविधि जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, आवास, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पार्किङ र सुरक्षा पूर्वाधार खडा गरिसकेको छ ।
कोरला नाकामा अहिले सन् १९८१ को नेपाल–चीनबीचको ब्यापार सम्झौता अनुसार सीमाबाट मुस्ताङका लोमन्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाबासीले सीमा वारपार गरी सामान किनबेच गर्दै आएका छन् । नेपाली अध्यागमन स्थापना भएपछि सबै नेपालीले पास लिएर कोरला सीमा वारपार गर्न पाउने छन् ।
बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडक ७ मिटर पीचसहित ११ मिटर चौडास्तरमा निर्माण भइरहेको छ । कांग्रेस नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीले यो सडक निर्माणमा ठूलो पहल गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया