मकवानपुरमा माकेटमारी चोरी गर्ने ३ जना पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाकेटमारी चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।
सोमबार राति ११ बजेतिर मनहरी बस्ने वर्ष ४९ को भरत गौतम हेटौँडाबाट ना. ५ ख ८१०१ नम्बरको बसमा लोथर आउने क्रममा ५१ हजार पाकेट मारी चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरीले मानिसहरू पक्राउ गरेको हो ।
तत्लाल इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले हुलियाको आधारमा खोजतलास गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ३२ को लाक्पा तामाङ, उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० बस्ने वर्ष ४२ को प्रेम दोर्जे शेर्पा र धनकुटाको छथर गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३७ को हेमराज श्रेष्ठ रहेको एसपी खड्काले बताए ।
उनीहरूलाई खानतलासी गर्दा चोरी भएको रकम फेला परेको थियो । तीन जनालाई थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया