अन्तर्राष्ट्रिय मापदण्डसहित बीओपीहरू स्थापना हुन्छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाइने बताएका छन् ।
काठमाडौंमा मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा लेखकले सशस्त्र प्रहरी बललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय गृहकार्यमा रहेको बताए ।
उनले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बीओपीहरूको स्थापना गर्न लागिएको बताएका छन् ।
हाल स्थापनारत बीओपीहरूको स्तर वृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको गृहमन्त्री लेखकले बताए ।
सशस्त्र प्रहरी बल नेपालको कानून परिवर्तन गर्न लागिएको भन्दै लेखकले यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यवसायिक बनाउने बताएका छन् ।
उनले सशस्त्र प्रहरी बल नेपालको सेवालाई थप विशिष्टिकृत बनाइने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया