तिहारको बेला रामपुर प्रहरीद्वारा बाहिरी जिल्लाबाट आएका चोरहरूलाई सामानसहित पक्राउ

रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले विभिन्न चोरीका घटनाहरूमा संलग्न तीनजनालाई चोरीका सामानसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लद्वारा सोमबार जारी विज्ञप्तिअनुसार पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नं. १० बस्ने वर्ष २४ को आयुष आले मगर, बझाङको छब्बिस पाथिभरा गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २४ को सन्तोष खत्री र खोटाङ घर भइ हाल चितवनको कालिकानगर नगरपालिका वडा नं. १ बस्ने ३१ वर्षीय अवि तामाङ रहेका छन् ।
पक्राउ परेका सबैलाई जिल्ला अदालत पाल्पाबाट म्याद थप भइ अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए ।
रामपुर नगरपालिका वडा नं. १ काँसजरीस्थित रामबहादुर थापाको घर अगाडि पार्किङ गरी राखेको लु १ ज ४२७२ नम्बरको भ्यानको ढोकाको लक फोडेर चोरी भएको थियो ।
चोरीको सूचना पाएपछि इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षक रामबहादुर परियार नेतृत्वको टोली खटिएर चोरीमा संलग्न अभियुक्तहरूलाई सामानसहित पक्राउ गरेको थियो ।
भ्यानमा रहेको एलइडी, सोनी कम्पनीको डेग र कालो रंगको पेन ड्राइभ उनीहरूको साथबाट प्रहरीले बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरूको कोठामा सर्च गर्दा मोबाइल फोन, किबोर्ड, १५.२५ लालको सुनको चन्द्रमा, २६.६ लालको सुनको पोतेसहितको जन्तर, २५ लालको सुनको औँठी, २२ लालको सुनको तिलहरी,सहित करीव १ लाख ७४ हजार ९ सय ६४ रुपियाँ बराबरको सामान पनि प्रहरीले बरामद गरेको जनाएको छ ।
तिहारको समयमा चोरीका घटना हुन सक्ने भन्दै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख (ईन्स्पेक्टर) परियारले सचेत हुन अनुरोध गरेका छन् । अपरिचित व्यक्तिले घटना गराउन सक्ने भन्दै सर्तक रहन र प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया