भ्रष्टाचार न्यूनीकरण गरेर सुशासनको प्रत्याभूति गर्छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने बताए । उनले त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्ण रूपमा निर्मूल गर्न कानून र विधेयक प्रस्तुत गरिएको बताएका छन् ।

गृहमन्त्री लेखकले भने, ‘प्रस्तुत विधेयक चाँडोभन्दा चाँडो समितिबाट टुङ्गो लगाएर आगामी अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ ।’

गृहमन्त्री लेखकले भने, ‘यी विधेयक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानून बनाउनुपर्छ ।’

विधेयकलाई आउँदो अधिवेशनबाट पूर्णरुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुङ्गोमा पु¥याएर संसदको अधिवेशनमा प्रस्तुत गर्न गृहमन्त्री लेखकले बताएका छन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐनसम्बन्धी ऐनलाई समसामयिक रूपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन्’, लेखकले भने, ‘जुन सम्मानित समितिमा विचाराधीन छ ।’

गृहमन्त्री लेखकले भ्रष्टाचारलाई न्यूनीकरण गरेर यसमा शून्य सहनशीलताको नीति अवलम्बन गरेर मुलुकमा सुशासनको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘यी विधयेकहरू पूर्ववर्ती सरकारबाट प्रस्तुत भएका भए पनि सरकार भनेको अविच्छिन्न उत्तराधिकारी हो, सरकार अलग÷अलग हुँदैन ।’

Published : Monday, 2024 October 28, 4:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया