टिकट दिइसकेपछि आफूलाई जति मन नपरे पनि मुख नहेरौँ, रुख हेरौँ : लक्ष्मी खतिवडा

इनरुवा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टीमा अन्तरघात गर्नेहरूलाई छुट दिन नहुने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस सुनसरीले इनरुवामा राखेको ‘केन्द्रीय नेता तथा पार्टीका वडादखि जिल्ला सभापतिसँग अन्तरक्रिया तथा छलफल’ कार्यक्रममा खतिवडाले टिकट नपाउँदासम्म आफू र आफूले रुचाएको नेतालाई टिकटका लागि पहल गर्नुपर्ने भन्दै पार्टीले टिकट दिएपछि ‘रुख’लाई हेरेर उम्मेदवारलाई जिउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘पार्टीमा अन्तरघात गर्नेहरूलाई छुट नदिउँ । टिकट दिनु अगाडि यथेष्ट बिचार विमर्श गरौँ ।’

‘टिकट रोक्न लागौँ, छेक्न लागौँ, आफूलाई मन परेको मान्छेलाई टिकट दिन लागौँ’, खतिवडाले भनिन्, ‘टिकट दिइसकेपछि आफूलाई जति मन नपरे पनि मुख नहेरौँ, रुख हेरौँ ।’

नेतृ खतिवडाले भनिन्, ‘पार्टीको विरुद्ध गतिविधि गर्नेहरूलाई निषेध र निश्तेज गरौँ । पार्टीमा जिल्ला कार्यसमितिले एउटा अभियान प्रारम्भ गरेको छ यो अभियानले निरन्तरता पाओस् ।’

‘जिल्ला कार्यसमिति रणनीति बनाउन लागोस्’, नेतृ खतिवडाले भनेकी छिन्, ‘हाम्रो साथ सहयोग रहनेछ ।’

Published : Saturday, 2024 October 26, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया