स्थापना दिवसमा तरुणहरूद्वारा चोभारमा वृक्षारोपण

काठमाडौं । नेपाल तरुण दलले ७२औँ स्थापना दिवसका अवसरमा काठमाडौंको चोभारमा वृक्षारोपण गरेको छ ।
शनिबार नेपाली कांग्रेसकी सहमहामन्त्री एवम् नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिकी संयोजक महालक्ष्मी उपाध्याय ‘डीना’को प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको छ । वृक्षारोपणमा निर्देशन समितिका सदस्यद्वय सरिता प्रसाईं र जीतजंग बस्नेत, कांग्रेसका सांसद राजन केसी, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतका तरुणहरूको उपस्थिति रहेको थियो ।
तरुणहरूले करिव १३० वटा विरुवा रोपेको तरुण दलका अध्यक्ष गुरुङले बताएका छन् । अध्यक्ष गुरुङले निलो क्रान्ति भनेर बजारमा भ्रमहरू छरिएको बताए । उनले वास्तवमा निलो क्रान्ति तरुण दलको झण्डामा अन्कित छ र निलोले तरुणको जोश जागरलाई उजागर गर्ने बताए ।
तरुण दलका अध्यक्ष गुरुङले तिहार लगत्तै काभ्रे र ललितपुरको विभिन्न ठाउँमा तरुण दलले अस्थायी टहरा बनाउने पनि बताएका छन् ।
गुरुङले महाधिवेशन निर्देशन समितिले तरुण दलको महाधिवेशन चैतभित्र सम्पन्न गर्ने म्याण्डेट दिएको भन्दै समयसीमाभित्र तरुण दलको महाधिवेशन गरि नयाँ नेतृत्व ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।






बिचार/ब्लग

विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया