मुस्ताङमा लेक लागेर तीनजना पर्यटकको मृत्यु

काठमाडौं । दुई विदेशी नागरिकसहित तीनजना पर्यटकको मुस्ताङ जिल्लामा मृत्यु भएको छ ।

मुक्तिनाथ दर्शन गर्न आएका एकजना अमेरिकन, एकजना भारतीय र एकजना नेपाली पर्यटकको लेकलागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख (डीएसपी) सूर्यबहादुर बोगटीले बताए ।

मृत्यु हुनेमा गोरखाको गोरखा नगरपालिका—६ स्थायी वतन भई काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने ७० वर्षीय कुलनारायण जोशीका रहेका छन् ।

बिहीबार मुक्तिनाथ दर्शन गरी फर्किएका २२ जनाको समूह थासाङ गाउँपालिका–२ होलिडे क्याम्पमा बास बसेको थियो ।

जसमध्ये अमेरिकन नागरिक ६३ वर्षीय मिलो गोल्डसेजर (पासपोर्ट नं. ए ४७०६४९५९ नाम गरेका पर्यटकको लेक लागेर मुस्ताङ अस्पताल पु¥याउँदा मृत्यु भएको डीएसपी बोगटीले बताए ।

बिहीबार होटलमा बास बसेका अमेरिकन नागरिक गोल्डेसेजर भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । उनी कोठाको बाथरुममै ढलेर अचेत बनेका थिए ।

शुक्रबार मुक्तिनाथ दर्शन गरी फर्किएकी एक भारतीय महिला पर्यटकको लेक लागेर मुस्ताङ अस्पताल पु¥याउँदा मृत्यु भएको छ ।

मुक्तिनाथ दर्शन गर्न आएकी भारत महाराष्ट्र मुम्बई, अधेरी वेष्ट वर्सोवा पिन ४०००६१ घर भएकी ६९ वर्षीया शारदा महादेव लगडे नाम गरेकी भारतीय महिला पर्यटकको मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा लेक लागेर अचेत भएकी थिइन् ।

मृतक महिलाका दाइ राजेन्द्र शान्ताराम कठितले प्रहरीलाई खबर गरेपछि प्रहरीको सहयोगमा मुस्ताङ अस्पताल लगिएको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

Published : Saturday, 2024 October 26, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया