देउखुरीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, चालक पक्राउ

मसुरिया । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल दुर्घटनामा वर्ष ३१ का हेमन्त चौधरीको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नं. ७ नयाँबस्तीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा सतबरियाबाट लमहीतर्फ जाँदै गरेको लु ३१ प ४१५४ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको भे १ त ४१५६ नम्बर ट्याक्टर आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक लमही नगरपालिका वडा नं. ४ भैसकुमरा बस्ने हेमन्त चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको शनिबार जारी प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४२ को शोभाराम चौधरी रहेका छन् ।
Published : Saturday, 2024 October 26, 10:44 am
बिचार/ब्लग

कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया