सहकारी ठगका अभियुक्त लामिछानेलाई हिरासतमा लामखुट्टेले टोक्यो, तोसिमाले मागिन् लिक्विड
काठमाडौं । सहकारीको ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई हिरासतमा लामखुट्टेले टोकेको भन्दै सांसद एवम् केन्द्रीय सदस्य तोसिमा कार्कीले अपात्ति जनाएकी छिन् ।
रास्वपाकी नेतृ कार्कीले गृहमन्त्री रमेश लेखकसँग पूर्वगृहमन्त्री लामिछानेलाई लाखुट्टे भगाउने लिक्वीड उपलब्ध गराउन माग गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन्, ‘माननीय गृहमन्त्रीज्यू, देशैभरि मध्ये कास्कीमा डेङ्गुको सबैभन्दा धेरै सङ्क्रमण छ ।’
‘कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र ? एउटा लामखुट्टे भगाउने धुप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ ।’
‘गृहमन्त्रीज्यूलाई अनुरोध गर्छु । यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धुप तथा लिक्विड प्रदान गर्ने व्यवस्था गरियोस् ।’
सहकारी ठगी काण्डमा पक्राउ परेका सभापति लामिछानेलाई लामखुट्टेले टोकेको विषयमा नेतृ कार्कीले चिन्ता जनाएर सामाजिक सञ्जालमार्फत लिक्विड माग गरेकी हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया