निर्देशन समितिमा तरुण दलको महाधिवेशन र सांगठनिक गतिविधिमा छलफल
काठमाडौं । नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यावाद दिएको छ ।
बिहीबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको समितिको बैठकले नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन भएकोमा केन्द्रीय कार्यसमिति र सभापति देउवालाई धन्यवादसहित आभार व्यक्त गरेको छ ।
समितिले नेपाल तरुण दलको महाधिवेशन र सांगठनिक गतिविधि सम्बन्धमा छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।
समितिको आगामी बैठक २०८१ कार्तिक १३ गते दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा पुनः बस्नेछ ।
कांग्रेसकी सहमहामन्त्री एवं समितिका संयोजक महालक्ष्मी उपाध्याय ‘डिना’को सभापतित्वमा बसेको थियो । बैठकमा कांग्रेसका केन्द्रीय सदस्य एवं समितिका सदस्य सरिता प्रसाई र जितजंग बस्नेत तथा नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्ष विद्धान गुरुङ्गको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया