लामिछानेविरुद्ध ठाउँ-ठाउँबाट पक्राउ पुर्जी जारी, रुपन्देहीमा संगठित अपराधमा अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम ठगीमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
बिहीबार न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ ।
सहकारी ठगीमा संसदीय समितिबाट कारबाही सिफारिस भएका पूर्वगृहमन्त्री लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
बुटवलको सुप्रिम सहकारीको रकम गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको छ ।
लामिछाने र छविलाल जोशीलाई थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले बिहीबार ७ दिनको म्याद दिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धानका क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले सोमबार बुटवल लगेको थियो ।
बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा दुई करोड ५० लाख रुपियाँ गएको देखिएको छ ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति लामिछानेका नाममा दुई करोड रकम गएको अनुसन्धानमा देखिएको छ ।
अदालतको पक्राउ अनुमतिसँगै लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिनेछ ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया