परराष्ट्रमन्त्री डा.राणाद्वारा समाजसेवी स्व.ओल्गा डी. मुरेको शालिकको अनावरण

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले स्व.ओल्गा डी. मुरे आफ्नो निकै राम्रो साथी रहेको बताउँदै असाधरण व्यक्ति रहेको बताएकी छिन् ।

नेपाल युवा प्रतिष्ठानले सोमबार ललितपुरको बुङ्गमतीमा आयोजना गरेको कार्यक्रममा स्व.ओल्गा डी. मुरेको शालिकको अनावरण गर्दै डा.राणाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् ।

डा.राणाले स्व.ओल्गा डी. मुरे नजिकको साथीभन्दै बलबालिकाको लागि सुधारका धेरै राम्रा काम गरेको बताइन् ।

स्व.ओल्गा डी. मुरेसँग आफूलाई सजनी अमात्यले चिनजान गराएको परराष्ट्रमन्त्री डा.राणाले बताइन् । पहिलो पटक भेट्दा नै स्व.ओल्गा डी. मुरेले बालबालिकाको क्षेत्रमा काम गर्न सक्ने आफूलाई लागेको उनले बताएकी छिन् ।

अमेरिकाबाट नेपालमा आएर बालबालिकाको क्षेत्रमा ओल्गा डी. मुरेले काम गरेकी थिइन् । उनको ८ महिना अगाडि निधन भएको छ । ओल्गा डी. मुरेको ‘नेपाल युवा प्रतिष्ठान’की संस्थापक हुन् ।

प्रतिष्ठानले बालगृह, व्यावसायी विद्यालय, मनोपरामर्श केन्द्र लगायत निःशुल्क सञ्चालन गर्दै आएको छ ।

नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले अमेरिकाबाट आएर नेपालमा बालबालिकाको क्षेत्रमा ठूलो काम गरेको भन्दै स्व.ओल्गा डी. मुरेको प्रशंसा गरेका छन् ।

उनले स्व.ओल्गा डी. मुरेलाई साधारण महिला भएर पनि असाधरण काम गरेको बताए । इच्छाशक्ति हुने हो भने एकजनाले समाजमा कसरी सुधार गर्न सक्छ भन्ने उदाहरण स्व.ओल्गा डी. मुरे रहेको राजदूत थम्पसनले बताए ।

Published : Monday, 2024 October 21, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया