उद्योग विभाग, भूमि व्यवस्थापन विभागका महानिर्देशक, प्रदेश सचिवहरूसहित ४० जनाको काज र सरुवा

काठमाडौं । सरकारले ४० जना सहसचिवहरूको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग विभाग र भूमि व्यवस्थापन विभागका महानिर्देशक, प्रदेश सचिवहरूको काज र सरुवा गर्ने निर्णय गरेको हो ।
सरकारले उद्योग विभागका महानिर्देशक यज्ञराज कोइराला र भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरूवा गरेको छ । राष्ट्रिय समावेशी आयोगको सचिवमा बलराम निरौलाको सरुवा भएको छ ।
सहसचिवहरू डिलाराम पन्थी, रामकुमार महत्तो, जयकुमार घिमिरे, राजेन्द्रदेव पाण्डे, बाबुराम भण्डारी, बद्रीनाथ अधिकारी, रुद्रप्रसाद पण्डित, बेदप्रसाद भण्डारी, दामोदर गौतम, विनयकुमार कर्ण, शरणकुमार पाण्डे, विष्णु भण्डारी, इन्द्रदेव भट्ट, इश्वरचन्द्र मरहट्टा, सुरतकुमार बम, प्रेमकुमार सिंह र अणप्रसाद न्यौपानेलाई विभिन्न प्रदेशअन्तर्गत प्रदेश सचिवकारूपमा सरुवा भएको छ ।





बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया