दुई डीआईजीलाई एआईजीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका २ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस भएको छ ।
आइतबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय किरण राणा र डा.सुरेन्द्रप्रसाद ह्योजुलाई बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ । डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् ।
उनीहरूलाई समितिको निर्णयबाट बढुवा सिफारिस गरिएको छ । ह्योजु प्राविधिक प्रहरी समूह, स्वास्थ्यतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका हुन् ।
राणा जनपदतर्फकी एआईजी सिफारिस भएकी हुन् । राणा केन्द्रीय अनुसन्धान व्यूरो लाजिम्पाटमा दरबन्दी भएर काठमाडौंको विमानस्थलमा कार्यरत रहेकी छिन् ।
Published : Sunday, 2024 October 20, 11:39 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया