सहकारी ठगका अभियुक्त लामिछाने पक्राउ परेपछि सहकारीपीडितहरूद्वारा प्रदर्शन

पोखरा । सहकारीपीडितले रवि लामिछानेलागयतका सहकारीको रकम अपचलन र ठगी गर्ने गिरोहलाई कारबाहीको माग गरेर प्रदर्शन गरेका छन् ।
आइतबार पोखरा महानगरपालिका–१७ मुस्ताङचोकमा पीडितहरूले प्रदर्शन गरेका हुन् । राष्ट्र बैंकचोकमा प्रदर्शन गर्ने तयारी गरे पनि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेपछि उनीहरूले मुस्ताङचोकमा प्रदर्शन गरेका हुन् ।
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति÷सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो ।
गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम तुरुन्त फिर्ता गर्न उनीहरूको माग छ । गोर्खा मिडिया प्रालिका सञ्चालकका विषयमा निष्पक्ष छानबिन गर्नसमेत उनीहरूको माग छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि नेता कार्यकर्ताले शनिबार र आइतबार पोखरामा प्रदर्शन गरेका छन् ।
रास्वपा नेता कार्यकर्ता शहीदचोकमा प्रदर्शन गरेका छन् । दुई पक्षबीच झडप हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया