कांग्रेस नेता राणाद्वारा बाढीपहिरोबाट समस्यामा परेकाको पीरमर्का बुझ्ने प्रयास

जवलाखेल । नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले दक्षिणी ललितपुरका बाढी, पहिरोबाट समस्यामा परेका जनताको पीरमर्का बुझ्ने प्रयास गरेका छन् ।
सोमबार कांग्रेसका स्थानीय नेताहरूसहित राणाले बाढी र पहिरोबाट प्रभावित व्यक्तिहरूका मागको सुनुवाई गरेका छन् ।
नेता राणाले भने, ‘बडादशैँ नजिकिँदै गर्दा, धेरैजसो नागरिक गाउँ फर्किंदै हुनुहुन्छ । केही दिनअघि आएको बाढीपहिरोले बाटाहरूमा क्षति पु¥याएको छ ।’
बिर्खेधारा–दलचोकी–शंखु– कान्तिलोकथ–टीकाभैरव–तीनपाने–छवेली–बगुवा र टीकाभैरव–देवीचौर–घुसेल मोटरबाटोहरूको नेता राणाले स्थलगत अवलोकन गरेका छन् ।
यी सबै मार्गमा एकतर्फी ट्रयाक खुलेको छ । मंगलबारदेखि बगुवाको पुलको अस्थायी मर्मत गरी साना सवारी साधनहरू मकवानपुर–ललितपुर मार्गमा संचालनमा ल्याउने तयारी भइरहेको छ ।
उनले भने, ‘मोटरबाटो निर्माण र बत्ती विस्तारमा स्थानीय साथीहरूको अथक सहयोग देख्दा हृदयदेखि कृतज्ञता महसुस गरेको छु ।’
गोदावरी नगरपालिका–७ देवीचौरमा राहत वितरण कार्यक्रममा पनि नेता राणा सहभागी भएका छन् । पीडित परिवारलाई नेता राणाले गहिरो समवेदना प्रकट गरेका छन् ।
दक्षिणी ललितपुरमा कांग्रेसका सांसद राणाले स्थलगत अनुगमन गरेर जनताको गुनासोहरू संकलन गरेका छन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया