इरानले ठूलो मूल्य चुकाउनुपर्ने इजरायलको चेतावनी

लण्डन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले क्षेप्यास्त्र प्रहारको इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

मंगलबार राति इरानले इजरायललक्षित १ सय ८० भन्दा बढी ब्लालेस्टिक मिसाइल प्रहार गरेको छ । नेतन्याहूले इजरायली वायू सेनाले पूर्णशक्तिका साथ आक्रमण गर्ने बताएका छन् ।

मंगलबार राति इरानको आक्रमणपछि मन्त्रिपरिषद बैठकलाई सम्बोधन गर्दै नेतन्याहूले आफ्नो शत्रुविरुद्ध बदला लिने बताएका छन् । इजरायल डिफेन्स फोर्स–आईडीएफका प्रवक्ता डयानियल हगारीले बुधबार मध्यपूर्वमा इजरायली वायू सेनाले पूर्ण शक्तिका साथ आक्रमण गर्ने बताएका छन् ।

इरानले इजरायललक्षित ब्यालेस्टिक मिसाइल प्रहार गर्ने संकेत अमेरिकाले दिएको केहि बेरमै इरानले आक्रमण थालेको छ । मंगलबार राति इरानले इजरायल लक्षित १ सय ८० भन्दा धेरै ब्लालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

इजरायली सेनाको प्रतिरक्षा प्रणालीले थुप्रै मिसाइल ध्वस्त पारेको छ । आक्रमणमा कुनै हताहत भएको छैन । इजरायलको बचाउमा अमेरिकी र बेलायती सैन्य बलले सहयोग गरेको छ ।

हमालपछि अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई पूर्ण रुपमा अमेरिकाको समर्थन रहेको बताएका छन् । उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी सेनाले इजरायललाई गरेको सहयोगलाई सही भन्दै इरान मध्यपूर्वमा अस्थिरता निम्त्याउने शक्ति भएको बताएकी छिन् ।

इजरायलले इरान समर्थित हिजबुल्लाह समूह लक्षित लेबनानमा प्रवेशस्थल कारवाही, हमास प्रमुख इस्माइल हानिया र हिजबुल्लाह प्रमुह हसन नसरुल्लाहको मृत्युको बदला लिएको इरानले जाएको छ ।

इरानका राष्ट्रपति मसुद पेजेश्कियानले हमलाको बचाव गर्दै बैध अधिकारलाई मध्यपूर्व क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न निर्णायक जवाफ दिएको बताए ।

इरानका आर्म फोर्स प्रमुख मोहम्मद बघेरीले यो पहिलो चरणको आक्रमण भएको र यदि इजरायलले प्रतिकार गरे उसले योभन्दा पनि ठूलो आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिए । आक्रमणपछि मध्यपूर्व थप तनाव ग्रस्त बनेको छ । लेबनानमा भने इजरायली सेनाको आक्रमण जारी छ । एजेन्सी

Published : Wednesday, 2024 October 2, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया