प्रमुख आयुक्त राईसहित आयुक्त र कर्मचारीहरूद्वारा तलब काटेर राहत कोषमा सहयोग
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूले ७ दिनको तलब बरबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले बुधबार विज्ञप्ति जारी गरेर प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्तहरू किशोर सिलवाल, जयबहादुर चन्द, डा.हरि पौडेल र डा.सुमित्रा अमात्य श्रेष्ठले ७ दिनको तलब दिने निर्णय गरेका हुन् ।
आयोगका सचिवको पाँच दिन, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको दुई दिन र अन्य कर्मचारीहरूको एक दिनको तलब बरबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Wednesday, 2024 October 2, 2:07 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया