लेबनानमा रहेका नेपालीहरू हालसम्म सुरक्षित छन् : परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको विशेष चासो र चिन्तापछि मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ ।
मन्त्रालयले भनेको छ, ‘तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिकहरू तथा उहाँहरूका आफन्तहरूले निम्न सम्पर्क नम्बर तथा इमेलमार्फत सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।’
लेबनानमा विकसित पछिल्लो घटना क्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म लेबनानमा नेपाली नागरिकहरू सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा रहेकी मन्त्री डा.राणाले लेबनानमा रहेका नेपालीहरूका विषयमा मन्त्रालय मातहतमार्फत निरन्तर जानकारी लिएकी छिन् । उनले लेबनानमा रहेका नेपालीहरूलाई आवश्यक पर्ने सहयोग गर्न मातहतलाई निर्देशन समेत दिएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया