प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूतविरुद्ध उजुरी

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ ।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले राउतविरुद्ध ६ वटा उजुरी परेको बताएका छन् ।

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध पनि १–१ वटा उजुरी परेको छ ।

असोज ३ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि प्रस्तावित राउत र नेपाली राजदूतका लागि प्रस्तावितद्वय लम्साल र यादवविरुद्ध उजुरी दिन समितिले १० दिने सूचना जारी गरेको थियो ।

समितिले प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रस्तावित राजदूतद्वय लम्साल र यादवविरुद्धको उजुरीमाथि छानबिन गरी सुनुवाइ कार्य गर्नुपर्नेछ ।

समितिको अर्को बैठक असोज १५ गते मंगलबार अपरान्ह २ बजेका लागि बोलाइएको छ ।

Published : Monday, 2024 September 30, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया