परराष्ट्रमन्त्री डा.राणा र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेटवार्ता

न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को प्रमुख कार्यकारी निर्देशक (सीईओ) सुश्री एलिस पी. अल्ब्राइटले भेटवार्ता गरेकी छिन् ।

न्यूयोर्कमा रहेकी डा.राणा र अल्ब्राइटबीच भएको भेटमा नेपालमा एमसीसीको प्रगतिबारे छलफल भएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले भेटपछि भनेकी छिन्, ‘हाम्रा साझा विकास लक्ष्यहरूको फाइदाको लागि यो साझेदारीलाई अझ सुदृढ गर्न तत्पर छौं ।’

नेपालमा अमेरिकी अनुदानमा एमसीसी परियोजनाका लागि सम्झौता भएको छ । एमसीसी लागू गर्न प्रतिनिधि सभाबाट नै सम्झौता अनुमोदन भएको छ ।

एमसीसी लागू भयो भने नेपालको विद्युतलाई भारत लगायतका मुलुकमा बिक्री गर्न ठूलो सहयोग हुनेछ । सडक निर्माणमा पनि ठूलो मद्दत पुग्नेछ ।

Published : Monday, 2024 September 30, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया