कांग्रेस ०८४ सालको निर्वाचन एकल बहुमतसहित ठूलो दल बन्छ : मुख्यमन्त्री लामा

विदुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अबको निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन् ।
शनिबार गृहजिल्ला नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले २०८४ सालको निर्वाचन कांग्रेस एकल बहुमतसहित ठूलो दल हुने बताए ।
कांग्रेसले परिकल्पना गरे अनुसार नै वर्तमान सरकार अगाडि बढिरहेको उनले बताएका छन् । उनले कांग्रेसले जनताको विकासमा पहिलो प्राथमिकता दिने बताए ।
मुख्यमन्त्री लामाले कांग्रेसको समाजवाद अनुसार हरेक नागरिकले स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना गरेर देशलाई विकासको बाटोमा लाने भएकाले वर्तमान सरकार त्यसको आधारमा नै अघि बढिरहेको बताएका छन् ।
मुख्य कुरा देश विकासका लागि रोजगारी सिर्जना गर्नुपर्ने भन्दै लामाले त्यसका लागि कलकारखाना तथा उद्योगहरू खोल्नुपर्ने बताएका छन् ।
मुख्यमन्त्री लामाले आफू बागमतीको आर्थिक मामिला मन्त्री भएका बेला ७ अर्ब बजेट ल्याउन सफल भएको बताएका छन् ।
‘म आर्थिक मामिला मन्त्री भएका बेला नुवाकोटमा ७ अर्ब बजेट ल्याएको थिए । अझै बजेट आएन भनेर विरोध भयो’, मुख्यमन्त्री लामाले भने, ‘आफ्नोमा पैसा नपरेपछि विरोध हुने, सबैले मेरो होइन हाम्रो भन्न सक्यौं भने मात्रै विकास गर्न सकिन्छ ।’
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया