प्राकृतिक प्रकोपमा परेका नागरिकहरूलाई राहतका लागि कांग्रेसले ५० लाख हस्तान्तरण गर्ने

काठमाडौं । नेपाली कांग्रेसले बाढी, पहिरो र डुबानमा परेका नागरिकहरूलाई राहतका लागि ५० लाख सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

आइतबार बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्राकृतिक प्रकोपमा परेका नागरिकहरूको उद्धार तथा राहतका लागि सरकारलाई ५० लाख हस्तान्तरण गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।

कांग्रेसले राहत संकलनका लागि संघीय सांसदहरूबाट १५ दिनको तलब पनि लिने निर्णय गरेको छ ।

‘संकटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले तन, मन, धनले सहयोग गर्न जरुरी स्थिति दृष्टिगत गरि नेपाली कांगे्रसका संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक समेत गरि नेपाली कांग्रेसका तर्फबाट कूल रु. ५०,००,०००।– (पचास लाख) सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय यो बैठक गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2024 September 29, 4:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया