झ्याप्ले खोलामा थप १० शव निकालियो, २ दिनदेखि हराएको बस पनि भेटियो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा थप १० जनाको शव फेला परेको छ ।
आइतबार बिहान पहिरोले पुरिएका बसबाट शवहरू निकालिएको प्रहरीले जनाएको छ । झ्याप्ले खोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी कार्य भइरहेको छ ।
झ्याप्ले खोलामा गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ ।
यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्ले खोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरूले बताएका छन् ।
शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस २ दिनदेखि सम्पर्कविहीन भएको थियो ।
झ्याप्ले खोलामा आएको पहिरोले माइक्रोबस पुरिँदा शनिबार १४ जनाको मृत्यु भएको छ ।
बुटवलबाट काठमाडौं आईरहेको माइक्रोबस पहिरोमा पुरिएको हो । १४ जना यात्रुको शव शनिबार साँझ निकालिएको थियो ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया