प्रचण्डले प्राकृतिक विपत्तिलाई राजनीतिकरण गर्न खोज

काठमाडौं । अबिरल वर्षाका कारण देशभरिको जनजीवन अस्तव्यस्त भएको र सरकारी पक्षले उद्धारमा काम गरिरहेको छ ।
सरकारले आफ्नो सबै संरचना परिचालन गरेर समस्यामा परेका जनताको उद्धार गरिरहेको छ । कार्यकाबाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकले प्रत्यक्ष रुपमा समस्यामा परेका जनताको उद्धारमा सुरक्षा निकायलाई परिचालन गरिरहेका छन् ।
सरकारले उद्धारमा काम गरिरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिलाई राजनीतिकरण गर्न खोजेका छन् ।
सरकारले काम गरिरहेका बेला अध्यक्ष दाहालले सर्वदलीय बैठक बोलाएका थिए । तर, सरकार आफैले नै सर्वदलीय बैठक बोलाएको थियो । सरकारको सर्वदलीय बैठकलाई बिथोल्न दाहालले सर्वदलीय बैठक बोलाइको आरोप छ ।
सरकारले सर्वदलीय बैठक बोलाएपछि अध्यक्ष दाहालले बोलाएको बैठक प्रभावित बनेको छ । अध्यक्ष दाहालले बोलाएको बैठकमा प्रमुख राजनीतिक दलहरू नआउने संकेत पाएपछि बैठक स्थगित गरेका छन् ।
शनिबार दिनभरि सुरक्षा निकायले सबै शक्ति लगाएर समस्यामा परेका नागरिकहरूको उद्धार गरेका छन् । विभिन्न कठिनाइले समयमा उद्धार गर्न समस्या परेका कारण केही नगारिकले ज्यान गुमाउनु परेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले समस्यामा परेका नागरिकलाई सहयोग गरेका छन् । अबरुद्ध सडकहरू खुलाएका छन् । बाँकी रहेका सडकलाई पनि खुलाउन प्रयासरत छन् ।
सरकारले आफ्नो कामलाई निरन्तर गरिरहेका बेला माओवादीका अध्यक्ष दाहालले राजनीतिकरण गरेर बबाल गर्न खोजेपछि माओवादीको चरित्र उदाङ्गो भएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया