मुस्ताङमा अबरुद्ध सडक खुल्यो, बाढी र पहिरोले क्षति

जोमसोम । दुई दिनदेखिको लगातारको झरीका कारण मुस्ताङ जिल्लामा क्षति पुगेको छ । झरीका कारण सडक, नदी नियन्त्रण आयोजना र खेतीबालीमा बाढी पसेर क्षति पुगेको हो ।

बेनी–जोमसोम–कोरला सडकको जोमसोम–छुसाङ र कागबेनी–मुक्तिनाथ सडकमा पाखोबाट गेग्रानसहितको बाढी आएर भत्काएको छ । पहिरोले यसै हप्ता कालोपत्र भएको १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडकमा क्षति पु¥याएको वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवक्ता प्रमेश गुरुङले बताए ।

शनिबार दिनभर जोमसोम–कोरला र कागबेनी मुक्तिनाथ सडक अवरुद्ध हुँदा स्थानीयवासी, सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गर्न र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्री तथा पर्यटकलाई आवतजावत गर्न समस्या भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजरको सहायतामा अवरुद्ध सडक खुलाएको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2024 September 29, 9:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया