पाथीभरा केबलकार ताप्लेजुङको विकासमा कोसेढुङ्गो साबित हुनेछ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको कार्यक्रममा ढकालले पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताए ।
उनले आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रह गरेका छन् ।
पाथीभरा केवलकारमा स्थानीयहरूलाई सतप्रतिशत् रोजगारी दिन आफूहरू सकारात्मक रहेको अध्यक्ष ढकालले बताए ।
संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उनले बताएका छन् ।
अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रले अर्बौं रुपियाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरिरहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताए ।
उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकास हुने बताएका छन् ।
उनले पाथीभरामा केवकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताए ।
उनले केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिनाभित्र सम्पन्न गर्ने तयारी रहेको बताएका छन् ।
पाथीभरा केबकार आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ, कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया