परराष्ट्रमन्त्री डा.राणा बिमस्टेक विदेशमन्त्रीहरूको बैठकमा सहभागी

न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा बिमस्टेक विदेशमन्त्रीहरूको अनौपचारिक बैठकमा सहभागी भएकी छिन् ।

स्थानीय समयअनुसार शुक्रबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा.एस.जयशंकरले बिमस्टेक विदेश मन्त्रीहरूको बैठक राखेका थिए । डा.राणाले बैठकमा सहभागी हुन पाउँदा खुसी लागेको बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘हामीले प्रगति मापन गरेका छौँ । भविष्यको सहयोगका लागि पारस्परिक हितका क्षेत्रहरूमा छलफल ग¥यौं ।’

Published : Saturday, 2024 September 28, 10:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया