कांग्रेसको शिक्षा विभागमा १० जना सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

विभागका प्रमुख नैनसिंह महरको सिफारिसमा देउवाले शनिबार सदस्यहरू मनोनयन गरेका हुन् ।

मनोनयन हुने सदस्यहरूमा प्रा.डा. कमलदीप ढकाल (सिन्धुली), राजकुमार आचार्य (खोटाङ), पूजा पासवान (महोत्तरी), हरिसिंह के.सी. (धादिङ), त्रिबिक्रम पाण्डे (काठमाडौं) रहेका छन् ।

राजन श्रेष्ठ (काठमाडौं), किरण भट्ट (गोरखा), लालमणि भण्डारी (दाङ), खेमराज के.सी. (दैलेख) र तारामान रावल (कैलाली) पनि विभागको सदस्यहरूमा मनोनयन भएका छन् ।

Published : Friday, 2024 September 27, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया